आरजु गिरीको शब्दमा रहेको गजल “सम्झेर प्यार तिम्रो” सार्वजनिक

लोकप्रिय खबर
१४ वैशाख २०८३, सोमबार

बछौली ६ चितवन हाल एडिलेड अष्ट्रेलिया बस्ने आरजु गिरीले फेरि अर्को साङ्गीतिक गजल परमादरणीय छन्दमणि, कविवर गोविन्दराज विनोदीज्यूमा समर्पित गर्दै नेपाली गजलबहार युटुब च्यानल मार्फत सार्वजनिक गर्नुभएको छ ।

आरजु गिरीको शब्दमा रहेको गजल “सम्झेर प्यार तिम्रो” दिक्पाल छन्दमा लेखिएको गजल सिर्जना हो। मृदुल सङ्गीतमा सजिएको यो गजल प्रेमरसले भरिपूर्ण छ। वरिष्ठ गायक राज सिग्देलज्यू र अहिलेको समयकी सशक्त गायिका एवं सङ्गीतकार बबिना भट्टराईज्यूको युगल गायन तथा बबिनाज्यूकै सङ्गीतमा सजिएको गजलमा वरिष्ठ सङ्गीत संयोजक किरण कँडेलज्यूको सङ्गीत संयोजन, वरिष्ठ ध्वनि सम्पादक प्रकाश खरेलज्यूको ध्वनि सम्पादन तथा रेकर्डिङमा नकुल कार्कीज्यूले साथ दिनु भएको छ।

गजल अडियो म्युजिक नेपाल स्टुडियोमा रेकर्डिङ सम्पन्न गरिएको हो । गजल म्युजिक भिडियो केशवराज भट्टज्यूको निर्देशनमा तयार गरिएको हो।

नेपाली गजल गायन स्वर्ण दशक (२०८०-२०९०)मा रौनकता थप्ने उद्देश्यले आरजु गिरीले यस अघि पनि चारवटा साङ्गीतिक गजल म्युजिक भिडियो निर्माण गरिसकेका छन्, जुन नेपाली गजलबहार युटुब च्यानलमा उपलब्ध छन्।

“सम्झेर प्यार तिम्रो” उहाँको पाँचौ साङ्गीतिक गजल कोशेली हो ।

भिडियोको पूरा लिङ्क ▶️


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI