एक कराेडकाे अवैध सामान पक्राउ

भदाै २०,नवलपुर। (पूर्व)नवलपरासीकाे जिल्ला प्रहरी कार्यालयमा आएको गोप्य सुचनाको आधारमा कावासोती न.पा.१६ चालिस किलो मिटर जंगलमा जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्वबाट) खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ३ ख ५१६८ नं.को ट्रक चेकजांच गर्ने क्रममा उक्त ट्रकमा अवैध रुपामा लुकाई छुपाई ल्याएको अं.मुल्य रु १,००,२६,९९० (एक करोड छब्बिस हजार नौ सय नब्बे रुपयां) बराबर लत्ता कपडा,चिनि,यूरिया मल समेतका सामान बरामद गरी सवारी साधन र चालक सहित कार्यालयमा ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सन्ताेष पाण्डेले जानकारी दिनु भएकाे छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker