भ्रामक समाचारको बिस्वास नगर्न मतदाताहरुलाई रेनु दाहालको आग्रह

लोकप्रिय खबर
४ फागुन २०८२, सोमबार

चितवन – चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले आफु जनताको मायाले उत्साहित भएको बताएकि छन्। उनले आज फेसबुकमा स्टाट्स लेख्दै आफु जनताको मायाले उत्साहित भएको र भ्रामक समाचारको बिस्वास नगर्न मतदाताहरुलाई आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन : यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ। भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु।

निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु ।

यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रकासित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/रप्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI